ललितपुरको ग्वार्कोमा आगलागी हुँदा ५ जना घाइते
वैशाख २३, २०८१ | काठमाडौं
ललितपुरको ग्वार्को क्षेत्रमा एक कारखानामा आगलागी हुँदा ५ जना घाइते भएका छन् ।
आज विहान साढे ९ बजेतिर इन्जिन तेलको कारखानामा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते भएका हुन् ।
घाइतेहरुको किस्ट अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ वर्षीया अलिशा गिरी र ४ बर्षीया प्रिया गिरीको अवस्थामा गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
दुवै जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । त्यस्तै, ३२ वर्षीया रुपा गिरी, ३५ वर्षीय सन्जय गिरी र १५ बर्षीय मित गिरीलाई आइसियुमा राखिएको छ ।