धनी राष्ट्र जलवायू र विकासका लागि गरेको प्रतिबद्धताबाट पछि हटे : रिर्पोट

रेडियो कान्तिपुर संवाददाता

असार ९, २०७९ | काठमाडौं

विश्वका विकसित एवं राष्ट्रहरुले गरिब देशहरुमा जलवायु र विकासलाई सहयोग गर्ने आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुको वेवास्ता गरेको एक अध्ययन रिर्पोर्टले देखाएको छ । केयर इन्टरनेशनलले आज सार्वजनिक गरेको सो रिर्पोटले विश्वका धनी राष्ट्रहरुले जलवायु र विकासका क्षेत्रमा सहयोग गर्नुको सट्टा अन्तर्राष्ट्रिय सहयोगलाई कमजोर पारिरहेको उल्लेख गरेको हो ।

 सन् २००९ को कोप १५ मा विकसित देशहरुले जलवायु परिवर्तनलाई अनुकूलन र न्यूनीकरण गर्न विकासशील राष्ट्रहरुलाई सन् २०२० सम्ममा १० करोड बराबरको कोष खडा गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनीहरुले आफ्नो सो प्रतिबद्धता पूरा नगरेको र स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र गरिबी उन्मूलनका लागि राखिएको कोषलाई जलवायु परिवर्तनको अनुकूलन र न्यूनीकरण खर्च गरेको पाइएको रिर्पोटमा उल्लेख छ । जसका कारण गरिब, अविकसित तथा अल्पविकसित मुलुकहरु प्रभावित भएको र सन्, २०३० सम्मका लागि राखिएको दिगो किासको लक्षय प्राप्तीमा पनि असर पर्न सक्ने जनाइएको छ ।

धनी राष्ट्रले गरेको वातावरणीय गल्तीको मूल्य गरिब राष्ट्रहरुले चुकाउनु परिरहेको पनि रिर्पोटमा उल्लेख छ । जलवायु वित्त वितरण योजना गत वर्ष कोप २६ मा ल्याइएको थियो । जसले जलवायु वित्त वितरणका लागि विकसित देशहरुको एजेन्डा र समयतालिका तयार गरेको थियो । ती देशहरुले सन् २०२५ सम्ममा प्रत्येक वर्ष समान रकम योगदान गर्ने अपेक्षा गरिएको थियो ।

 जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका अनुसार सार्वजनिक, निजी र वैकल्पिक स्रोतहरुबाट प्राप्त रकमलाई धनी र विकसित राष्ट्रहरुले जलवायु परिवर्तनलाई सम्बोधन, एवं न्यूनीकरणका लागि प्रयोग गर्नुपर्ने भएपनि उनीहरुले त्यसो नगरेको पाइएको हो । लक्जमबर्ग, नर्वे र स्वीडेनले मात्रै आफ्ना प्रतिबद्धता पूरा गरेको रिर्पोटमा उल्लेख छ । 


प्रतिक्रिया