कोलम्बिया र भेनेजुएलाबीच द्धिपक्षिय लगानी र ब्यापारबारे सहमति

पुस २४, २०७९

कोलम्बिया र भेनेजुएलाबीच द्धिपक्षिय लगानी र ब्यापारबारे महत्वपूर्ण सहमति भएको छ । दुई मुलुकबीच सिमा खोल्ने, ब्यापार वृद्धि लगायत शान्ति स्थापनामा समेत सहकार्य गर्ने सहमती भएको रोयटर्सले उल्लेख गरेको छ । कोलम्बियाका राष्ट्रपति गस्ताभो पेत्रोले भेनेजयला पुगेर समकक्षी निकोलस मडुरोसंग भेटवार्ता गर्नुभएको हो । मडुरो सरकार विरुद्धको कु प्रयासमा सहयोग गरेको भन्दै दुई मुलुकबीच सम्बन्ध यसअघी निकै चिसिएको थियो ।

चरम आर्थिक संकट खेपेको भेनेजुएलाले आफ्नो छिमेकि मुलुक कोलम्बियाको ब्यापारलाई बढाउने निर्णय गरेको हो । भेनेजुएलामा आर्थिक संकटका कारण विस्थापित भएका लाखौंले कोलम्बियामा शरण लिइरहेका छन् । भेनेजुयला र कोलम्बियाको अपराध र सशस्त्र समुहको संयुक्त रुपमा सामना गर्ने सहमती समेत गरेका छन् । 


प्रतिक्रिया