रुसमाथि थप प्रतिबन्ध !

जेष्ठ ५, २०८०

G7 शिखर सम्मेलनका लागि जापानको हिरोशिमामा भेला भएका नेताहरु रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहमत भएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै रुसको युद्दलाई परास्त गर्न सहमत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने युक्रेनी अधिकारीले पुष्टि गरेका छन् । 

जेलेन्स्की जापान जानु भन्दा पहिले साउदी अरेबियामा अरब लीग शिखर सम्मेलनमा सहभागि हुने बताइएको छ । रुस युक्रेन युद्द सो शिखर सम्मेलनको शीर्ष एजेन्डा बनेको छ । रुसले युक्रेनमाथि आक्रमण जारी राखेपछि अमेरिकाले प्रतिबन्धहरू थप गरेको छ भने बेलायतले रूसी हीरामाथि प्रतिबन्ध लगाएको छ । 

जलवायु परिवर्तन, खाद्य सुरक्षा, स्वास्थ्य र आणविक निशस्त्रीकरणका विषयमा पनि शिखर सम्मेलनमा छलफल हुने बताइएको छ । G7 मा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् तर यो वर्ष अन्य आठ राष्ट्रहरूलाई पनि आमन्त्रित गरिएको छ ।


प्रतिक्रिया