पाकिस्तानमा हिम पहिरोमा परी ११ जनाको मृत्यु

तस्बिर : सौजन्य एजेन्सी  

जेष्ठ १५, २०८०

पाकिस्तानमा हिम पहिरोमा परी आदीवासी समुदायका ११ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरी सौन्तर पास क्षेत्रमा हिमपहिरोमा फसेकाहरुको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन् । अझै पनि उद्धार कार्य चलिरहेको पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले बताउनुभएको छ । मृत्यु हुनेमा एक जना चार वर्षिय बालक, चार महिला समेत छन् । जलवायु परिवर्तनको असरका कारण हिमपहिरो गएको प्रधानमन्त्री सरिफको भनाई छ ।

ग्रामिण भेगमा हिमपहिरो गएका कारण उद्धारमा निकै कठिनाई भइरहेको छ । सुरक्षाकर्मी र स्थानियको सहयोगमा उद्धार सफल हुन नसकेपछि सेनाको हेलिकप्टर प्रयोग गरीएको थियो । पाकिस्तानको उत्तरी हिमाली भेग जलवायु परिवर्तनका कारण निकै संवेदनशिल मानिएको छ । पाकिस्तानमा हिउँ पग्लिएर ३ हजार वटा नयांँ हिमताल बनेका छन् । गत वर्ष भिषण बाढीका कारण १ हजार ७ सयले ज्यान गुमाएका थिए । 


प्रतिक्रिया