अमेरिका र ताइवानबीच नयाँ ब्यापार सम्झौता, चीनको असन्तुष्टि

जेष्ठ १९, २०८० | काठमाडौं

अमेरिका र ताइवानबीच नयाँ ब्यापार सम्झौता भएको छ । चीनसँगको तनाव उत्कर्षमै रहेको समय दुई मुलुकबीच ब्यापार सम्झौता भएको हो ।

२१ औं शताब्दीको ब्यापार परियोजना अन्तर्गत ताइपेइ र वासिंगटबीच पहिलो सम्झौता भएको हो । सिंगापुरमा हुने उच्चस्तरीय विश्व सुरक्षा सम्मेलन अघि सो घोषणा भएको हो ।

पछिल्लो केही वर्षमा चीन र अमेरिकाबीच तनावपूर्ण सम्बन्धकाबीच सो सम्झौता भएको हो । वासिंगटनस्थित अमेरिकन इन्टिच्युट अफ ताइवानमा आयोजना गरिएको कार्यक्रममा अमेरिकाका सहायक वाणिज्य मन्त्री साराह बियान्सीले सम्झौता पत्रमा हस्तााक्षर गर्नुभएको हो । सम्झौतापछि ताइवानबाट अमेरिकामा निर्यात गर्ने बाटो खुल्ने छ ।

ताइवानसंगको सम्झौता चीनको सार्वभौमसत्ताको अपमान भएको बेइजिंगले प्रतिक्रिया दिएको छ । सो सम्झौतापछि प्रतिक्रिया जनाउँदै चीनले ताइवानलाई स्वतन्त्रताको गलत संकेत नदिन अमेरिकालाई चेतावनी दिएको छ । 


प्रतिक्रिया