भारतमा रेल दुर्घटना, कम्तीमा २ सय ३० जनाको मृत्यु

जेष्ठ २०, २०८० | काठमाडौं

भारतको ओडिसामा यात्रुबाहक रेल आपसमा ठोक्िंकदा ज्यान गुमाउनेको संख्या २ सय ३३ पुगको । ९ सय बढी घाइते भएको बीबीसीले जनाएको छ । कोरोमण्डेल एक्सप्रेस र हाउराह सुपरफास्ट एक्सप्रेस रेल आपसमा ठोक्किएका हुन । स्थानीय समय अनुसार हिजो साँझ करिव ७ बजे सो दुर्घटना भएको हो । 

दुर्घटना लगत्तै उद्धारका लागि २ सय एम्बुलेम्स खटाइएको छ । १ सय बढी चिकित्सकहरु उपचारका लागि खटिएका छन् । दुर्घटना प्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नु भएको छ । प्रभानमन्त्री मोदीले ट्वीट गर्दै दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको र प्रभावित सबैलाई सहयोग गरिएको उल्लेख गर्नुभएको छ । त्यस्तै गृहमन्त्री अमृत शाहले गहिरो पिडादायी दुर्घटना घटेको बताउनुभएको छ ।

दुर्घटनाबाट सकुशल भएका एक व्यक्तिका अनुसार केहीले हात, केहीले खुट्टा गुमाएका छन् । त्यस्तै केहीको अनुहारमा गहिरो चोट लागेको छ । भारतमा सन् १९८१मा भएको रेल दुर्घटना पछि सबैभन्दा ठुलो दुर्घटना हिजो घटेको हो । 


प्रतिक्रिया