माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

आश्विन १४, २०८०

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । उहाँले निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्नुभएको हो । नवनिर्वाचित राष्ट्रपति मुइज्जुले ५४ प्रतिशत मत प्राप्त गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

भारतसँग आफ्नो देशको सम्बन्ध सुदृढ गर्ने प्रयास गरेका इब्राहिमले आफ्नो हार स्वीकार गर्दै मुइज्जुलाई चुनाव जितेकोमा बधाई समेत दिनुभएको छ । राजधानी मालेका मेयर समेत रहेको मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गर्नुभएको थियो । प्रगतिशील गठबन्धनका उम्मेदवार मुइज्जुले चीनसँग घनिष्ठ सम्बन्धको वकालत गर्दै आउनुभएको छ । 


प्रतिक्रिया