भारतको असफल प्रयास

मंसिर १४, २०८० | काठमाडौं
भारतले अमेरिकी भूमिमा शिख पृथकतावादी नेताको हत्याको असफल प्रयास गरेको आरोप लागेको छ । न्युयोर्कका एक शिख पृथकतावादी नेताको भारतीय गुप्तचर एजेन्सीसँग जोडिएका ५२ वर्षीय निखिल गुप्ता र अर्का एक सुरक्षा अधिकारले हत्या प्रयास गरेको अमेरिकाको संघीय सरकारी वकिलको कार्यालयले जनाएको छ । भारतीय सुरक्षा अधिकारीको नाम भने सरकारी अधिवक्ताको कार्यालयले सार्वजनिक नगरेको अलजजिराले उल्लेख गरेको छ ।
भारतमा छुट्टै शिख प्रदेश हुनुपर्ने माग गर्दै आएका पृथकतावादी माथी हत्या योजना बनाइएको हो । अमेरिकाको न्युर्याेकमा शिख पृथकतावादीको हत्याको योजना बनाएर अमेरिका प्रवेशको प्रयास गर्ने क्रममा एक जना चेक रिपब्लिकबाट पक्राउ परेका थिए । दुई महिना अघि क्यानडामा शिख पृथकतावादी नेताको हत्याका विषयमा क्यानडा र भारतबीच कुटनीतिक विवाद उत्कर्षमा पुगेका बेला अमेरिकासंग पनि अर्को विवाद सार्वजनिक भएको हो ।