हेनरी किसिन्जरको एकसय वर्षको उमेरमा निधन

मंसिर १४, २०८० | काठमाडौं

अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । विश्वविख्यात कूटनीतिज्ञ किसिन्जरको कनेक्टिकटस्थित निवासमा निधन भएको किंसिगर एसोसिएट्सले जनाएको छ । किसिन्जरले तत्कालीन अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गर्नु भएको थियो । किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार समेत प्राप्त गर्नु भएको थियो ।

भियतनाम युद्ध रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिएको थियो । कूटनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा लिडरसिप ः सिक्स स्टडिज इन वल्र्ड स्ट्राटेजी पुस्तकसमेत प्रकाशित भएको थियो । जीवनको उत्तरार्धसम्म समेत सक्रिय रहेकाले उहाँले गत जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नु भएको थियो ।

किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रुपमा एक्लिएको चीनलाई विश्वमञ्चमा उपस्थित गराउन महत्वपूर्ण भूमिकासमेत खेल्नु भएको थियो । सन् १९७३ मा उहाँ अमेरिकी विदेशमन्त्री बन्नु भएको थियो ।


प्रतिक्रिया