आफ्नो दाबी रहेको क्षेत्रमा युक्रेनले आत्मसमर्पण गरे युद्ध अन्त्य हुन्छः रुसी राष्ट्रपति पुटिन

असार १, २०८१ | काठमाडौं

रुसले दाबी गरेको सम्पूर्ण क्षेत्रमा युक्रेनले आत्मसमर्पण गरेमात्रै युद्ध अन्त्य गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।

राष्ट्रपति पुटिनले युक्रेनी अन्य भूभागलाई समेत गाभिने बताउनुभएको छ । नेटोमा सामेल हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीकले आफ्नो निर्णयमा पुर्नविचार गर्नुपर्नेमा समेत पुटिनले जोड दिनुभएको छ ।

रुसले युक्रेन विरुद्धको युद्ध अन्त्यका लागि आफ्ना सर्तहरुलाई थप कडाईका साथ प्रस्तुत गरेको छ ।

पश्चिमी देशले गरेको प्रतिबन्धले रुसको अर्थतन्त्रलाई प्रभाव पारे पनि अपागंता नै भने नबनाएको राष्ट्रपति पुटिनको भनाई छ ।

स्विस शान्ति सम्मेलनको अघिल्लो दिन राष्ट्रपति पुटिनको यस्तो भनाई आएको हो ।

सो सम्मेलनमा करिब सय देशका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलनमा रुसलाई भने आमन्त्रण गरिएको छैन ।  


प्रतिक्रिया