इजरेल–हमास युद्धले झण्डै ५ लाख जनसंख्या भोकमरीको सामना गर्दै
असार १२, २०८१ | काठमाडौं
इजरेल–हमास युद्धका कारण गाजाका करिव ५ लाख जनसंख्याले भोकमरीको सामना गर्नुपरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।
गाजामा मानवीय सहायताका लागि प्रतिवन्ध जारी रहंदासम्म सो समस्या रहिरहने राष्टसंघीय निकायको अध्ययनलाई उदृत गर्दै अलजजिराले जनाएको छ । यद्यपि, गाजाको उत्तरी क्षेत्रमा भने हाल सो समस्या नहरेको एकीकृति खाद्य सुरक्षा चरण वर्गीकरण आइपीसीको प्रतिवेदनमा उल्लेख छ ।
गाजाको उत्तरी क्षेत्रमा भने उत्तरी क्षेत्रमा खाद्यन्न लगायत पानी, स्वास्थ्य, सरसफाई लगायतका सेवाहरु बढेको समेत जनाइएको छ ।
दक्षिणी तथा मध्य क्षेत्रमा इजरेलले भुमिगत कारवाही सुरु गरेपछि रफाह सिमा बन्द गरेको र खाद्यन्नको उपलब्धतामा कटौती हुँदै आएकाले भोकमरीको समस्या बढेको भन्दै चेतावनी समेत जारी गरिएको छ ।