अफगानिस्तानमा भोकमरीको समस्या निम्तने सक्ने

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०८१ | रोयटर्स

अमेरिकाले सहायता रोकेसंगै अफगानिस्तानका करीब आधा जनसंख्या प्रभावित हुने त्यहाँको विश्व खाद्य कार्यक्रमका प्रमुखले जनाएका छन् ।

सन् २०२१ देखि तालिवानले सत्ताको नेतृत्व हत्याएसँगै चरम आर्थिक संकटको मार खेत्दै आएको अफगानिस्तानमा डेढ करोड जनसंख्या मध्ये करीब ६० लाख जनसंख्यामा भोकमरीको समस्या निम्तने कार्यक्रमकी प्रमुख सियाओ–वेइ लीलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । 

हाल अधिकांश जनसंख्या रोटी र चियाको भरमा मात्र बस्न बाध्य भएको प्रमुख लीको भनाई छ ।

अफगानिस्तानमा प्राप्त वैदेशिक सहायता मध्ये अमेरिकाको हिस्सा ४० प्रतिशत रहेको छ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वैदेशिक सहायता कटौती गर्ने घोषणा गरेसँगै अफगानिस्तानमा भोकमरीको समस्या निम्तने जनाएको छ ।

यस्तै, तालिवानले त्यहाँका महिलालाई शिक्षा तथा काम गर्न अवरोध गरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धको सामना गर्दै आएको छ ।

सोही कारण त्यहाँ आर्थिक संकट चुलिएको हो ।


प्रतिक्रिया