इजरायल–इरान आक्रमणबारे अमेरिका र रुसका राष्ट्रपतिबीच टेलिफोन संवाद

असार १, २०८२ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्वी मुलुक इजरायल र इरानबीच जारी आक्रमणको विषयमा टेलिफोन संवाद भएको छ । 

करिव ५० मिनेट भएको संवादमा इजरायल र इरानबीचको आक्रमण अन्त्य गर्ने विषयमा केन्द्रीत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 संवादका क्रममा रुसी राष्ट्रपति पुटिनले इरानमा इजरायली सैन्य आक्रमण प्रति चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । यसैबीच, अमेरिका र इरानबीच आजका लागि तय वार्ता भंग भएको छ ।

 इजरायलले इरानमा हमला गरेसंगै इरानले प्रतिवाद गरेको र हाल दुईतर्फी आक्रमण जारी रहेका कारण वार्ता भंग भएको जनाएको छ । 


प्रतिक्रिया