अमेरिकामा हुने वार्तामा युक्रेनलाई बेलायत र यूरोपेली नेताले साथ दिने

भाद्र १, २०८२ | काठमाडौं

रुसँगको युद्ध अन्त्य गर्ने प्रयास स्वरुप वार्ताका लागि अमेरिका जाने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निर्णयलाई बेलायत सहित यूरोपेली देशका नेताहरुले साथ दिने भएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पसँग हुने वार्ताका लागि पर्सी सोमबार वासिङ्टन डिसी .जाने युक्रेनले तयारी गरिरहँदा बेलायतका प्रधानमन्त्री केयर स्टारमर, जर्मनीका फ्रेडरिक मर्ज, फ्रान्सका इमानुएल म्याक्रोन र युरोपेली आयोगकी उर्सुला भोन डेर लेयन लगायतले खुशी व्यक्त गरेका छन् । 

आलस्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले युक्रेनलाई वार्ताका लागि बोलाएको थियो । यसअघि गत फेब्रुअरीमा भएको वार्ताका क्रममा ट्रम्प र जेलेन्स्कीबिच भनाभन नै भएको थियो । यद्यपि युद्धका कारण दुवै देशमा ठूलो मात्रामा क्षति भएपछि युद्ध अन्त्यका लागि वार्ता हुन लागेको हो ।  


प्रतिक्रिया