सप्तरीमा विद्युतीय धरापमा परि एक दम्पतीको मृत्यु

भाद्र १, २०८२ | काठमाडौं

सप्तरीको कञ्चनरुप नगरपालिका–८ पिप्रामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परेर एक दम्पतीको मृत्यु भएको छ । 

खेतमा काम गरेर फर्किरहेका स्थानीय ५० वर्षीय बद्री सरदार र उनकी पत्नी ४५ वर्षीय विमलादेवीको मृत्यु भएको हो । वन्यतन्तुबाट खेतबाली जोगाउन सोही ठाउँका दुर्गानन्द चौधरी र महेन्द्र चौधरीले आफ्नो खेतमा नाङ्गो तारले घेरेर त्यसमा बिजुली छाडेका थिए । घर फर्किरहँदा बाटोमा पर्ने सो तारमा दम्पतीलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

 घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको हाम्रा सहकर्मीले जनाएका छन् । घटनापछि स्थानीयबासी आक्रोशित भएका छन् । उनीहरुले खेतबाली जोगाउने नाममा नाङ्गो तारले घेरेर खेतमा थाप्ने गरेको विद्युतीय धराप नियन्त्रण हुनुपर्ने माग राखेका छन् ।  


प्रतिक्रिया