रुसमा शक्तिशाली भूकम्प

आश्विन ३, २०८२ | काठमाडौं
रुसमा आज विहान शक्तिशाली भूकम्प गएको छ ।
पूर्वी तट कामचटका प्रायद्वीपमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प लगत्तै त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ ।
स्थानीय अधिकारीले भूकम्पका कारण अहिलेसम्म कुनै ठूलो क्षति वा हताहतिको खबर नभएको बताएका छन् ।
मानवीय तथा भौतिक क्षतिका बारेमा केही बताइएको छैन ।
यसअघि गत शनिबार पनि सो क्षेत्रमा भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो ।
भूकम्पपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बस्ने मानिसहरूका लागि अलर्ट जारी गरेको छ ।
मानिसहरूलाई सतर्क रहन र अग्लो ठाउँमा जान सल्लाह दिइएको छ ।
गत जुलाईमा पनि सोही स्थानमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो ।