जेन–जी आन्दोलनको प्रभाव अमेरिकनलाई नेपाल यात्रा नगर्न आग्रह

आश्विन १२, २०८२ | काठमाडौं

गत भदौ २३ र २४ मा नेपालमा भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाका कारण अमेरिकी सरकारले आफ्ना नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह गरेको छ ।

अमेरिकी सरकारको संघीय निकाय युएस डिमार्टमेन्ट अफ स्टेट अन्तर्गतको ब्युरो अफ कन्सुलर अफिएर्सले ट्राभल एडभाइजरी जारी गर्दैै अमेरिकी नागरिकलाई अनावश्यक वा सम्भव भएसम्म नेपाल यात्रा नगर्न आग्रह गरेको हो ।

ब्युरोले आन्दोलनको समयदेखि हालसम्म सम्म लेभल १, २ र ३ जारी गरिसकेको छ । लेभल १ र २ मा नेपालमा जेन–जी आन्दोलन र आन्दोलन पछिका घटनाक्रम, नेपाल रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन अपिलसँगै अमेरिकी सरकारसँग सम्बन्धित नेपालमा रहेका निकायसँग सम्पर्कमा रहन सूचना जारी गरेको थियो ।

लेभल ३ मा भने ब्युरोले सम्भव भएसम्म नेपाल यात्रा नगर्न सुझाव दिएको छ । नेपालमा गृह अशान्ति फैलिएको र जेन–जी आन्दोलनको क्रममा सेप्टेम्बर ८–९ मा हिंसात्मक गतिविधि समेत भएकोले भम्रणका लागि नेपाल यात्रा तत्काल नगर्न र यात्रामा रहेकालाई अमेरिकी सरकारी निकायको सम्पर्कमा आएर सुरक्षित रहन ट्राभल एडभाजरीमा ब्युरो अफ कन्सुलर अफिएर्सले उल्लेख गरेको छ ।

लेभल ३ को ट्राभल एड्भाइजरी जारी गरेका देशमा नेपालसँगै बंगालादेश, बुरुण्डी, चाड, कोलम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथोपिया, ग्वाटेमाला, गिनी बिसाउ, गायना, होण्डुरस, इजरायल, जेरुसेलम, मौरिटानिया, न्यू क्यालेडोनिया, निकारागुवा, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुवा न्युगिनी, ट्रिनिडाड एण्ड टोबागो, युगाण्डा र वेष्ट बैंक छन् ।


प्रतिक्रिया