आँधीको जोखिम पछि भियतनाममा २ लाख ५० हजार नागरिकलाई स्थानान्तरण

आश्विन १२, २०८२ | काठमाडौं
बुआलोई नामक आँधीको जोखिम बढेपछि भियतनामका २ लाख ५० हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
झण्डै १ लाख सैन्य कर्मचारी परिचालन गरि उनीहरुलाई अन्यत्र सारिएको हो । प्रतिघण्टा १ सय ३० किलोमिटरको दुरीमा रहेको आँधीका कारण सरकारले विभिन्न विमानस्थलबाट प्रवाह हुने सेवा समेत बन्द गरेको छ ।
औसतभन्दा दोब्बर गतिमा रहेको सो आँधीले शक्तिशाली हावा, भारी वर्षा, बाढी, पहिरो र तटीय क्षेत्र डुबानमा पार्ने जस्ता जोखिम निम्त्याउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच भियतनामको सबैभन्दा ठूलो शहर दा नाङबाट २ लाख १० हजार बढी नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको छ भने अन्य विभिन्न जोखिमयुक्त क्षेत्रमा पनि स्थानान्तरणको काम तिब्र पारिएको छ । आँधीका कारण चार वटा विमानस्थल बन्द गरिएको छ ।