मोरक्कोमा सरकारको विरोधमा जेनजी आन्दोलन चर्किदै

आश्विन १३, २०८२ | काठमाडौं

मोरक्कोमा सरकारको विरोधमा जेनजी आन्दोलन चर्किदै गएको गएको छ । सरकारको विरोध गर्दै सडकमा ओर्लिएका युवा र सुरक्षाकर्मीबीच झडप भएको छ ।

मोरक्कोमा भएको पछिल्लो प्रदर्शन यो वर्षकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

उत्तरी अफ्रिकी राष्ट्र मोरक्कोका कम्तीमा ११ सहरका सडकमा हजारौं युवाहरु स्वस्फूर्त रुपमा उत्रिएका थिए ।

उनीहरूले भ्रष्टाचारको भत्र्सना गर्दै, स्वास्थ्य र शिक्षालाई बेवास्ता गरेर अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरूमा पैसा खर्च गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

विगतका राजनीतिक दलले गरेका आन्दोलन भन्दा यसपटकको नेतृत्वविहीन आन्दोलनले मोरक्कोमा उग्ररुप लिएको छ ।

युवाहरुले टिकटक र डिस्कोर्ड जस्ता सामाजिक सञ्जालमार्फत आन्दोलनमा आउन युवालाई प्रेरित गरिरहेका छन् ।


प्रतिक्रिया