थाइल्याण्डमा जनमत संग्रह गर्ने तयारी

आश्विन १३, २०८२

कम्बोडियासँगको सीमा विवाद सम्बन्धी समस्या समाधानका लागि थाइल्याण्डमा जनमत संग्रह गर्ने तयारी भएको छ ।

 थाइल्याडका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले कम्बोडियासँगको सीमा सम्झौतामा चलिरहेको विवादलाई सम्बोधन गर्न जनमत संग्रहको प्रस्ताव गर्ने बताउनुभएको हो ।

 पत्रकारहरुसँग आज बोल्दै प्रधानमन्त्री चार्नविराकुलले थप कम्बोडियासँगको सीमाङ्कन सीमा विवाद समाधान गर्न, सरकारले हाल कायम रहेको सीमा सम्झौता रद्द गर्ने÷नगर्ने भन्ने विषयमा जनमत गर्ने योजना रहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 थाईल्यान्ड र कम्बोडियाबीच ८ सय १७ किलोमिटर क्षेत्रमा सीमाहरु अझै प्रस्ट बनाउनुपर्ने विषयमा विवाद हुँदै आएको छ । सो विवादको विषयलाई लिएर गत जुलाई महिनामा पाँच दिनसम्म भएको झडप पछि यो विषय थप चर्चामा आएको बताइएको छ ।    


प्रतिक्रिया