भियतनमा आँधीका कारण ११ जनाको मृत्युु

आश्विन १३, २०८२ | काठमाडौं

भियतनाममा बुआलोइ नामक आँधीका कारण १२ जनाको मृत्यु भएको छ । मध्य र उत्तर क्षेत्रमा आएको आँधीका कारण सयौं घरहरुमा समेत क्षति पुगेको छ ।

 आँधीले सडकहरु डुबाएपछि कैयौं व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि यो वर्षको सबैभन्दा शक्तिशाली माानिएको आँधी सुपर टाइफुन रागासाका कारण उत्तरी फिलिपिन्स र ताइवानमा २८ जनाको मृत्यु भएको थियो । प्रतिघण्टा १ सय १७ किलोमिटरको दुरीमा रहेको सो आँधी अहिले लाओस तर्फ सर्ने क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

आँधीका कारण बिजुलीका पोलहरु ढलेपछि केहि क्षेत्रहरुमा विद्युत सेवा समेत अवरुद्ध भएको छ भने भारी वर्षाका कारण खेतहरु समेत डुबानमा परेको समाचारमा जनाइएको छ ।    


प्रतिक्रिया