बेलायत–चीनबीच सम्झौता, चीन भ्रमणमा भिसा छुट

माघ १५, २०८२ | काठमाडौं

बेलायत र चीनबीच व्यापारिक सम्झौता भएको छ । बेलायतका प्रधानमन्त्री केयर स्टार्मर र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच आज उच्चस्तरीय भेटवार्तापछि बेलायत र चीनले विभिन्न क्षेत्रमा सहकार्य गर्ने १० बुँदे सम्झौता भएको हो ।

 ती सम्झौताहरूले दुवै देशबीचको आर्थिक, व्यापारिक र प्राविधिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । दुई देशबीच अन्तरदेशीय संगठित अपराध तथा अवैध आप्रवासन नियन्त्रणमा सहकार्य,बेलायत–चीन सेवा व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययन,बेलायतबाट चीनतर्फ हुने निर्यात प्रवद्र्धन,प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम मा सहकार्य लगायत समझदारी भएको छ ।

यस्तै, बेलायतका प्रधानमन्त्री स्टार्मरले बेलायती नागरिकले अब ३० दिनसम्म चीनमा बिना भिसा यात्रा गर्न सक्ने सहमति भएको बताउनुभएको छ । सो भ्रमण गर्ने सूचीमा बेलायत, फ्रान्स, जर्मनी, इटाली, अस्ट्रेलिया र जापान लगायत देशको सूचीमा समावेश भएको बताइएको छ । 


प्रतिक्रिया