धादिङका ठुला सामुदायिक वनहरुमा डढेलो : निभाउने कोही छैनन

वैशाख १, २०७७ | धादिङ

धादिङ सदरमुकाम देखि त्रिशीली नदी सम्मको कोरिडोर यतिखेर कुईरिमण्डल छ । करिव २२ किमी क्षेत्रका वारीपारी छिमेकी गाउंवस्ती वाक्लो धुँवाका कारण केहि पनि दैखिदैन । लकडाउन आरम्भ भएको हप्ता सफा आकास र २५ औं किलोमिटर टाढाका देखिने डांडापाखा यतिखेर पुन धुवांले छोपेका छन ।

यो धुवांकुनै विकास निर्माण गर्दा वा कलकारखाना र सवारी साधनहरुवाट निस्केको नभै सदरमुकाम वरपरका ठुला सामुदायिक वनजंगलमा लागथेको भिषण डढेलोले पुरै कुईरीमण्डल वनाएको हो ।

२०७२ साल पुस देखि चैत सम्म २ पटक डढेलो लागेको सिद्धलेकका अधिकांस वनजंगल यसपाला पुन: लागेकोछ । विजगत ५ वर्ष देखी आगलागी नभै थुप्रेका साल र चिलाउनेका सोत्तर मा आगलागी भए पछि डढेलोले भिषणरुप लिएको हो ।

यसो त धादिङ जिल्ला सवै भन्दा वढी सामुदायिक वन समूह भएको जिला हो । २०४९ साल देखि गठन र हस्तातरण हुदैं आएका वन उपभोक्ता समिती ७ सय १९ वटा रहेका छन् ।

लकडाउनको देखि को मौका छोपी सिद्धलेक ४ महाकाली सामुदायिक वनमा आगो लागी भएको छ । बन क्षेत्रमा आगो लागी हुन नदिन समुहस्तरमा र पालिकास्तरमा समेत छलफल भएको तर शुक्रवारबाट आगो लागी भएको महाकाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भक्त बहादुर थापाले बताए । 

उपभोक्ताहरुको लापरवाहीले आगो लागी भएको र आगो लागी गर्नेको पहिचान गर्ने कोसिस भईरहेको छ । चरीचरन र घास दाउरालाई सजिलो बनाउन आगो लागी गराएको हनु सक्ने अध्यक्ष थापाले बताए ।

पाँचवटा व्लक रहेको सामुदायिक वनको क्षेत्रफल २४ हेक्टर रहेको छ । शुक्रवार दुई हेक्टर बन क्षेत्र रहेको गिदेलडाडा ब्लकमा र शनिवार ३ हेक्टर बन क्षेत्र रहेको वेसारेपाखामा आगो लागि भएको छ । आगो नियन्त्रण रहेको अध्यक्ष थापाले बताए । तीन सय घरपरिवार उपभोक्ता रहेको सामुदायिक वनमा घास, दाउरा र चरीचर सधै खुल्ला राखिएको छ । आगो किन लगाउछन् बुझ्न सकेको छैन । आगो लागी गराउनेको पहिचान भए कारवाही गर्ने अध्यक्ष थापाले बताए ।

महामकाली वन वाट आएको डढेलोले संगै जोडिएको जलविरे सामुदायिक वनको ९१ हेक्टर जंगल पनि खरानी वनाएकोछ । करिव १सय ५० घरधुर िउपभौक्रा रहेको यस सम्ुाहमा ‘ लगातार शुक्रवार र शनिवार समुह सदस्यलाई भेला गरि आगो छेक्न जाउं भन्दा कोही पनि नजाने उपभोक्ता अध्यक्ष रेमनाथ भट्टले वताए ।

सामुदायिक बनमा छेकारो मारेर आगो लगाउने गरेको र शनिवार आगो लगाउने चिन्नलाई केही साथीहरुलाई पठाएको तर आगो लगाउने भागेकाले पहिचान हुन नसकेको सामाजिक अगुवा पुष्प थपलियाले बताए । अधिकांस जंगल सालघारी रहेको यस जंगलम लोपोन्मुख सालक, कालिज, वनकुखुरा, चितुवा , कांडेभ्याकुर समेत रहेको वताउदैं डढेलोले वन्यजन्तु र चराचुरुंगीको वासस्थान समेत मासिने र अन्तत: जंगली जनावर र चराचुरुंगी लोप हुनसक्ने थपलियाले बताए ।

बन क्षेत्रमा आगो लागी नियन्त्रण गर्न सचेतना गोष्ठी, सार्वजानिक सुचना तथा प्रचार प्रसार र आगो लगाउनेलाई हुने कारवाहीको वारेमा जानकारी गराइरहेका छौ । अहिले कोरोना भाइरसबाट बच्न्न मानिसहरु घरमै बसिरहेकाछन् । मानिसहरुको चहलपहल कम भएको मौका छोपी बन क्षेत्रमा आगो लागी गराउनेहरु सक्रिय भएको छन् । 

जिल्लामा १५ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी प्राप्त भएको डिविजन वन प्रमुख जीवनाथ पौडेलले बताए । पानी नपरेका कारण लागो लागी गराउन सजिलो भएको छ । अर्को तर्फ मानिसहरु कोरोना संक्रमणबाट बच्न मानिसहरु घर भित्र बसेकाछन् । यी कारणले गर्दा डढेलो गराइएको छ । 

डढेलो लाउनेलाई वन ऐन २०७६ को दफा४९ घ वमोजिम क्षतिको विगो भराउने, ६० हजार जरिवाना वा तीन वर्ष जेल सजाय वा दुवै हुन सक्ने जिल्ला वन अधिकृत पौडेलले बताए ।

सामुदायिक बनकै इतिहासमा सवै भन्दा धेरै सामुदायिक बन रहेको जिल्लाको पहिचान बनाएको धादिङ पछिल्लो समय सामुदायिक बनमा लागो लगाउने जिल्लाको पहिचान पनि बनाउर्दै छ । जिल्लामा सात सय १९ वटा सामुदायिक वनका उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।


प्रतिक्रिया