३ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण

जेष्ठ २४, २०७७ | काठमाडौं

डोल्पाको क्वारेन्टाइनमा वसेका एक पुरुषमा मृत्यु भएको ३ दिन पछि कोरोना संक्रमण पुष्टि भएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पीसीआर प्रयोगशालामा आज गरिएको जगदुल्ला गाउंपालिकाका ५८ वर्षीय ती पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका ति पुरुष दमका विरामी थिए । 

मृत्युपछि संकलन गरिएको स्वाबको रिर्पोट पोजेटिभ आएको जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिं रोकायले बताउनुभयो । उनको रिर्पोट पोजेटिभ आएपछि सो गाउँपालिकालाई सिल गरिएको छ । 

स्थानीयले मृतकको अन्त्येष्टी गरिसकेका छन् । अन्त्येष्टीमा संलग्नहरुको कन्ट्याक्ट ट्रेसिङको काम भैरहेको प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया