बस दुर्घटनामा ६ जनाको मृत्यु

श्रावण ८, २०७९

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा ३ महिला र ३ पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका यात्रु निसान मगरले बताएका छन् ।

पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर शाहीले धेरै घाइते भएको तर, सबै विवरण आईनसकेको बताउनु भयो । उहाँका अनुसार बस सडकबाट ३ सय मिटर तल खसेको छ । प्रहरी र स्थानीयले उद्दार गरिरहेको उहाँले बताउनुभयो । घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो ।

घटनास्थलमा अहिलेसम्म ६ जनाको शब फेला परेको रिब्दीकोट गाउँपालिका–२ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले बताउनु भएको छ ।  


प्रतिक्रिया