मुस्ताङमा कांग्रेसको क्लिन स्विप

मंसिर ५, २०७९ | पोखरा

मुस्ताङमा तीन वटै सिट जितेर नेपाली कांग्रेसले क्लिन स्विप गरेको छ । मुस्ताङमा प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ वटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनु भएको छ । 

थकालीले ३ हजार ९ सय ९२ मत मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभयो । २०५० बैशाख २७ मा जन्मिएका थकाली सम्भवत कम उमेरका प्रतिनिधिसभा सदस्य हुनेछन् । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । पराजित तुलाचन २०७४ मा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

मुस्ताङको प्रदेश सभा १ मा कांग्रेसका नाम्डु गुरुङ १ हजार ४८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्दी एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत प्राप्त गर्नुभयो ।

प्रदेश सभा–२ को सदस्यमा पनि कांग्रेसका विकल शेरचन निर्वाचित हुनु भएको छ । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै विकल विजयी हुनु भएको छ । शेरचनले २ हजार ७२३ मत पाएर विजयी बन्दा एमालेका गौचनले २५६५ मत प्राप्त गर्नुभयो । गौचन एमाले जिल्ला अध्यक्ष र २०७४ को निर्वाचनमा समानुपातिकतर्फ प्रदेश सांसद हुनुहुन्थ्यो । 

सम्बन्धित समाचार :

* मुस्ताङमा कांग्रेसका थकाली निर्वाचित

* मुस्ताङ प्रदेश सभा १ मा कांग्रेसका गुरुङ विजयी

* मुस्ताङ प्रदेश सभा–२ मा कांग्रेसका शेरचन निर्वाचित


प्रतिक्रिया