पूर्वी नवलपरासी १ बाट शशांक कोइराला चौंथो पटक विजयी

मंसिर ८, २०७९ | पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा.शशांक कोइराला निर्वाचित हुनु भएको छ । नेकपा एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको हो । 

कोइराला सो क्षेत्रबाट लगातार चौंथो पटक निर्वाचित हुनु भएको हो । यसअघि कोइरालाले २०६४, ०७०, ०७४ मा सो क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले २७ हजार १ सय २७ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी एमालेका पौडेलले २५ हजार ४३ मत प्राप्त गर्नुभयो ।


प्रतिक्रिया