डब्ल्यूएचओको टोली पाल्पामा
मंसिर २७, २०७९
पाल्पामा बिहे भोज खाएपनि २ सय भन्दा बढी नागरिक बिरामी पर्नुको कारणबारे एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठन डब्लुएचओको संयुक्त अध्ययन टोलीले संयुक्त अध्ययन शुरु गरेका छन । डब्लुएचओबाट डा. मोना प्रधान, डा. प्रनित शर्मा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शैलेश पन्थी, डा. रविन गौतम लगायतको टोलीले खाद्यन्न, पानी लगायतका बस्तुबारे स्थलगत अध्ययन शुरु गरेको हो ।
बिरामीसँग सोधपुछ , स्वस्थ्य रिपोर्ट अध्ययन गर्ने, नमुना संकलन लगायतका काम भईरहेको अध्ययन टोलीलाई उदृत गर्दै पाल्पाको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो । झाडापखाला फैलिएको गाउँमा यसअघी स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेय लगायतको टोलीले पनि अध्ययन गरिसकेको छ ।










