पाल्पामा बस दुर्घटना : ६ को मृत्यु, १८ घाइते
पुस २२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा गएराती भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्साने तर्फ जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुंदा सत्यवती खुसार्ने गाउँका ६ जना महिलाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ ।
बस दुर्घटनामा १८ जना घाइते भएका छन् । दुर्घटनामा सत्यवती खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको मृत्यु भएको हाम्रा सहकर्मीले जनाएका छन् । मृतकमध्ये एकजनाको परिचय खुल्न सकेको छैन । दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । घटनास्थल सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तरगत पर्छ ।










