रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १० घाइते

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०८० | रुकुम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा आज बिहान जिप दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परि १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि सेनाको हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ । दुर्घटनामा परि सानीभेरी गाउँपालिका–५ का कर्ण बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की सुत्केरी रेखा खत्री र उनका २२ दिनका शिशु रोशनको मृत्यु भएको बाँफिकोट–८ का वडाअध्यक्ष धनबहादुर खत्रीले जनाकारी दिनुभयो ।

 जिपमा १४ जना सवार थिए । अर्का एक जनाको सनाखत भइसकेको छैन । सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई जानकारी दिनुभयो ।


प्रतिक्रिया