नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान जारी : गृहमन्त्री श्रेष्ठ

जेष्ठ ११, २०८०

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका थप व्यक्तिहरुको खोजीमा प्रहरी लागिरहेको बताउनुभएको छ । एमाले समर्थित युवा संघको ज्ञापनपत्र बुझेपछि मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताउनुभएको हो ।

राज्यकै निकायमा भएका व्यक्ति नक्कली शरणार्थी बनाउने धन्दामा लागेको भन्दै मन्त्री श्रेष्ठले छानविन र अनुसन्धानलाई निष्पक्ष बनाइने बताउनुभयो । सो प्रकरणमा कुनै षड्यन्त्र नहुने उहाँको भनाइ थियो ।

प्रहरीलाई राजनीतिक प्रभाव र अवाञ्छित दवावबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न निर्देशन दिएको मन्त्री श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया