पशुपतिको सुनको जलहरी विषयमा एमालेमाथि धेराबन्दी भयोः अध्यक्ष ओली

जेष्ठ १२, २०८० | काठमाडौं

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी विषयमा एमालेले आधारहिन विषय उठाएर एमालेलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ । तथ्यहिन विषयलाई सदनमा उठाएर सत्तापक्षले एमालेमाथि धेराबन्दी गर्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले तथ्य पेस गर्न चुनौती दिनुभयो ।

स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले भ्रष्टचारको विरुद्धमा उभिएको व्यक्तीमाथि राजनीतिक पुर्वाग्रही राखेर प्रश्न गर्नु गलत भएको टिप्पनी गर्नुभयो ।

अर्को प्रशंगमा, अध्यक्ष ओलीले स्थानीय जनप्रतिनिधिलाई जिम्मेवार भइ काम गर्न निर्देशन दिनुभयो । स्थानीय सरकारमा रहादा आफ्नो जिम्मेवारीभित्र समयलाई महत्वकासाथ उपयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले जनताप्रति जवाफदेही र उत्तरदायी बन्न आग्रह गर्दै अबको साढे तीन वर्षमा कस्तो जिम्मेवारी निर्वाह हुन्छ सोही अनुसार भोलीको चुनावी नतिजा आउने भन्दै सचेत गराउनुभयो ।


प्रतिक्रिया