भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले सरोकारवालासँग परामर्श गर्दै

जेष्ठ १४, २०८० | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, दलका नेता एवं सरोकारवालासंग आज परामर्श गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री, दलका नेता एवं पूर्वपरराष्ट्रमन्त्रीका साथै पूर्वपरराष्ट्रसचिव, भारतका लागि पूर्वराजदूतहरु तथा विज्ञहरुसंग छलफल गर्न लाग्नुभएको हो ।

सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, दलका नेता एवं पूर्वपरराष्ट्रमन्त्रीलाई दिउँसो २ बजेका लागि बोलाईएको छ । यस्तै पूर्वपराष्ट्रसचिव, भारतका लागि पूर्वराजदूतहरु तथा विज्ञहरुसंग परामर्शका लागि दिउँसो ३ बजे बोलाईएको छ ।

आगामि बुधबारबाट हुने चार दिने भ्रमणका क्रममा उठाउनुपर्ने विषय, नेपालका राजनितिक प्राथमिकताका सन्दर्भमा प्रधानमन्त्रीले परामर्श गर्न लाग्नुभएको दाहालको सचिवालयले उल्लेख गरेको छ ।

प्रधानमन्त्री दाहालले आगामी बुधबार देखी शनिबारसम्म भारतको चार दिने औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, उपराष्ट्रपति, लगायतसंग भेटघाट गर्ने तय भएको छ । भ्रमणका क्रममा लगानी, उर्जाब्यापार सहित अन्य विषयमा छलफल गर्ने तयारी भएको छ । 


प्रतिक्रिया