प्रतिनिधिभामा चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै

जेष्ठ १४, २०८० | काठमाडौं

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुअघी प्रतिनिधिभामा आज चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुँदैछ ।

प्रतिनिधिसभामा दिउसो १ बजेपछि बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट भने संघीय संसदमा भोली प्रस्तुत गर्दैछ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच प्रतिनिधीसभाको बैठक अघि संघीय संसदको संयुक्त बैठक अहिले जारी छ । बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन समितिका सभापति ध्रुवबहादुर प्रधानले दफावार छलफलका लागी पेश गर्नुभएको छ । सो प्रतिवेदनमा अहिले सांसदहरुले धारणा राखिरहेका छन ।


प्रतिक्रिया