गृहमन्त्रीको राजिनामा माग्दै कावासोतीमा राँके जुलुश र पुत्ला दहन

जेष्ठ १४, २०८१ | पूर्वी नवलपरासी

सहकारी ठगिमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजिनामा माग्दै पूर्वी नवलपरासी सदरमुकाम कावासोतीमा राँके जुलुशसहित बिरोध प्रर्दशन भएको छ ।

नेपाल विद्यार्थीसङ्घले सोमवार साँझ जिल्ला सदरमुकाम कावासोतीमा राँके जुलुश निकालेको हो । राँके जुलुशमा सहभागीले सहकारी ठगी प्रकरणमा संलग्न गृहमन्त्रीको राजिनामा माग्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।


राँके जुलुशमा विद्यार्थीले सरकार बिरुद्ध नारावाजी गरेका हुन् । सहकारी ठगीमा संलग्न गृहमन्त्री राजिनामा दे, संसदीय छानविन समिति गठन गर, गिरीबन्धु टी स्टेटको छानबिन गर, भ्रष्टाचारी सरकार राजिनामा दे जस्ता नारा लगाएका थिए । इन्द्रचोकबाट सुरु भएको जुलुश जिल्ला प्रहरी कार्यालय हुँदै फलफुल चोकसम्म पुगेको थियो ।

नेविसङ्घ लुम्विनी कजेलद्धारा आयोजित रांके जुलुश पछि प्रर्दशनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका थिए । नेविसङ्घका जिल्ला अध्यक्ष हरी सुवेदीले गृहमन्त्री विरुद्धको प्रर्दशन जिल्लाका मुख्य सहरमा आयोजना गरिने बताउनुभयो । संसदीय छानविन समिति गठन र गृहमन्त्रीले राजिनामा नदिएसम्म आन्दोलन जारी रहने सुवेदीको भनाई छ ।  


प्रतिक्रिया