गौरस्थित प्रादेशिक अस्पतालका ३ जना चिकित्सक स्पष्टीकरणपछि सम्पर्कविहिन

फाल्गुन १४, २०८१

रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीलाई उपकरणको अभाव भन्दै निजीमा पठाउने तीन जना चिकित्सकलाई अस्पताल प्रशासनले २४ घण्टे स्पष्टीकरण सोधेपछि उनीहरु सम्पर्क विहिन भएका छन् । उनीहरू सम्पर्कविहीन भएकाले अस्पतालले स्पष्टीकरणको पत्र इमेल र हुलाकमार्फत पठाउने तयारी गरेको छ । 

गत शनिबार दिउँसो प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीलाई निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु भएको थियो । घटना पछि चिकित्सकको लापरबाही भन्दै कारबाहीको माग राखेर पीडित परिवारले प्रहरी प्रशासन गुहारेका थिए । घटनाको निष्पक्ष छानबिनका लागि पीडित परिवारले दबाब दिएपछि अस्पतालले सोमबार चिकित्सकलाई स्पष्टीकरण सोधेको थियो । 

तर, पत्र भने तीनै जना चिकित्सकले बुझेका छैनन् । प्रादेशिक अस्पतालले चिकित्सक डा. पंकज साह, डा. फिरोज अन्जुम र डा. घनश्याम ठाकुरलाई स्पष्टीकरण सोधेको हो । 


प्रतिक्रिया