उपकुलपति सिफारिस प्रक्रिया टुंगो लगाउन केयूका पदाधिकारीद्वfरा ध्यानाकर्षण

फाल्गुन १४, २०८१ | काठमाडौं
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंगो लगाउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति खोज तथा सिफारिस समितिका ध्यानाकर्षण गेराएका छन् ।
विश्वविद्यालयका १३ जना पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण गराएका हुन् । उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथिसमेत प्रश्न उठ्न थालेकाले सो प्रक्रिया यथाशीघ्र सम्पन्न गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास पनि व्यक्त गरिएको छ । संयुक्त ध्यानाकर्षणपत्रमा भनिएको छ– “समिति आफैँले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा हामी सबै आशावादी छौँ ।”
छनोट समिति बनेको अढाई महिना भइसक्दा समेत समितिले नाम सिफारिस नगरेपछि उपकुलपतिमा ढिलाइ भएको छ । सिफारिस समितिले आफैंले बनाएको कार्यविधि अनुरुप छनोटका सबै प्रक्रिया पूरा गरेको दुई हप्ता भइसकेको छ ।