परराष्ट्रमन्त्री राणा र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तबीच भेटवार्ता

फाल्गुन १४, २०८१ | काठमाडौं

परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भल्कर टकसँग स्वीजरल्याण्डको जेनेभामा भेटवार्ता गर्नुभएको छ । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएकी मन्त्री राणाले साइडलाइन भेटवार्ताका क्रममा उच्चायुक्तसँग भेटवार्ता गर्नुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री राणाले सीमित स्रोत र साधनका बाबजुद समेत मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । 

उहाँले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको उल्लेख गर्नुभयो । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर काम भइरहेको मन्त्री राणाको भनाइ थियो । 


प्रतिक्रिया