१ करोड ४४ लाख ठगीः तीन जना पक्राउ

फाल्गुन १४, २०८१
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भई ललितपुर बस्ने २४ वर्षीय मनिषराज खड्का, काठमाडौंको टोखा बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का छन् ।
उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको उजुरी परेको थियो । टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरमा पठाएको छ ।