सरकारको पुँजीगत खर्च ११ महिनामा साढे ४४ प्रतिशत मात्र

असार १, २०८१ | काठमाडौं

चालू आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च साढे ४४ प्रतिशतमा सीमित भएको छ ।

आर्थिक वर्ष सकिन १ महिनामात्रै बाँकी रहँदा विकास निर्माणका लागि सरकारले छुट्याएको पुँजीगत खर्च ४४ दशमलव ६८ प्रतिशतमा सीमित भएको थियो ।

सरकारले विकास निर्माणका लागि यो वर्ष ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेपनि खर्च हुने नदेखिएपछि मध्यावधि समीक्षा मार्फत ५० अर्व रुपैयाँ घटाएर २ खर्व ५४ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जेठ ३२ गते अर्थात हिजोसम्मको तथ्याङक अनुसार पुँजीगततर्फ ४४ दशमलव ६८ अथार्त १ खर्ब ३४ अर्ब रुपैयाँ हाराहारीमा मात्रै खर्च भएको छ ।

यद्यपि, चालू आर्थिक वर्षको पुँजीगत खर्च कम्तिमा ८० प्रतिशत छुने अर्थ सचिव मधु मरासिनीले बताउनुभयो । यस्तै, राजश्व पनि ६४ प्रतिशत मात्रै संकलन हुन सकेको छ ।

चालू आर्थिक वर्षका लागि १४ खर्ब २२ अर्बको महत्वकांक्षी लक्ष्य निर्धारण गरेको सरकारले लक्ष्यको ६४ प्रतिशत अथार्त ९ खर्व १९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको हो ।

मध्यावधि समीक्षा मार्फत राजश्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्व २ अर्व निर्धारण गरिएको छ । 


प्रतिक्रिया