एसईईमा सैद्धान्तिक तर्फ ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत ल्याउनुपर्छः नियन्त्रक पौडेल

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०८१

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही असार दोस्रो साताभित्र माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले असार दोस्रो साताभित्र परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको बताउनुभयो । 

यसपटक ग्रेडिङ प्रणालीमा पनि सैद्धान्तिक तर्फ ७५ को ३५ प्रतिशत र प्रयोगात्मक तर्फ २५ को ४० प्रतिशत प्राप्तांक गर्नुपर्ने अनिवार्य रहेको उहाँको भनाई छ । यसअघि पनि ग्रेडिङ प्रणाली नै रहेकामा सैद्धान्तिक र प्रयोगात्मकको प्राप्ताङक मिलाएर विद्यार्थि उतीर्ण हुने भएपनि यस पटक भने छुट्टाछुट्टै गरिएको पनि उहाँले बताउनुभयो । 


प्रतिक्रिया