नयाँ दलले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न सकेनन्ः प्रधानमन्त्री दाहाल

असार ७, २०८१ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनुभएको छ ।

काठमाण्डौंमा आयोजित नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको विषयलाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पुराना राजनीतिक दलकै कारण आफू अहिलेको अवस्थामा आइपुगेको भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको औँल्याउनुभयो ।

नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बाल्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा अपमान गरिरहेको आरोप लगाउनुभयो । 


प्रतिक्रिया