विकासका काममा सरकारले आवश्यक ध्यान दिन सकेनः एमाले अध्यक्ष ओली

असार १, २०८१ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका काममा सरकारले आवश्यक ध्यान दिन नसकेको बताउनुभएको छ ।

संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उहाँले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएपनि विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले एक÷दुई जनाको मुख हेरेर सरकारमा सहभागी भएको भनेर ढुक्क बन्ने आधार नभएको टिप्पणी गर्नुभयो । ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले एमालेविरुद्ध समाजमा भ्रम पैदा गर्ने प्रयास भइरहेको दावी गर्नुभयो ।

एमालेलाई कमजोर पार्न आफूविरुद्ध गलत प्रचार गरिएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया