रोल्पामा जिप दुर्घटना हुदाँ ८ जनाको मृत्यु

असार १७, २०८१ | काठमाडौं

रोल्पामा आज जिप दुर्घटना हुदाँ एक बालक सहित ८ जनाको मृत्यु भएको छ ।

घटनास्थलमै एक बालकसहित ५ जनाको ज्यान गएको छ भने अस्पताल लैजाने क्रममा थप ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर्तीगाउँदेखि तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ–तालाबाङ सडक अन्तर्गत परेवा छहरा नजिकैबाट ४ सय मिटर तल खसेको थियो । घटनास्थल पुगेको प्रहरीले ११ जनाको उद्धार गरेको थियो ।

गम्भीर घाइतेलाई प्राथमिक उपचार गरेर रोल्पा अस्पतालमा पठाइएको स्वास्थ्यकर्मी प्रेम वलीले बताउनुभयो । प्रहरी नायब उपरीक्षक भरत लामाले सबै घाइतेलाई जिल्ला अस्पतालमा ल्याउने व्यवस्था मिलाइएको बताउनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेकाले प्रहरीले मृत्यु भएको संख्या र पहिचान खुल्न र पुष्टि हुन बाँकी रहेको जनाएको छ । घटनास्थल रोल्पा लिबाङदेखि करिब ५० किलोमिटर पश्चिममा पर्छ । 


प्रतिक्रिया