१५ देशका २ करोड ४५ लाख बालबालिका कुपोषणको जोखिममाः विश्व खाद्य कार्यक्रम

असार १९, २०८१ | काठमाडौं

विश्वका विभिन्न १५ देशका २ करोड ४५ लाख बालबालिकाहरु यो वर्ष तीब्र रुपमा कुपोषणको शिकार हुने एक अध्ययन प्रतिबेदनले औँल्याएको छ ।

खाद्य असुरक्षा, प्राकृतिक प्रकोप, आर्थिक संकट लगायतका कारण सोमालीया, केन्या, इथोपीया, नामीबिया लगायतका देशका बालबालिका कुपोषित हुने विश्व खाद्य कार्यक्रमको पछिल्लो अध्ययनले देखाएको हो ।

पछिल्ला वर्षहरुमा आर्थिक संकट तथा खाद्य असुरक्षाका कारण सो अवस्था आएको बताइएको छ । विश्वका ६५ प्रतिशत मानिसहरु खाद्य असुरक्षा एवं द्वन्द्व प्रभावित छन् । यो वर्ष विश्वका ७१ देशका ३० करोड ९० लाख मानिसहरु खाद्य असुरक्षाको चपेटामा पर्ने सो अध्ययन प्रतिवेदनले देखाएको छ ।

खाद्य असुरक्षाको दृष्टिकोणले हाईटी, माली, प्यालेस्टाईन, सुडान लगायतका १८ देशहरुको अवस्था आगामी अक्टोबरसम्म झनै बिग्रने बताईएको छ ।

विभिन्न ४७ देशका ३ करोड ७२ लाख मानिसहरुको जीवन बचाउन तत्काल आपतकालीन सहायता चाहिनबारे समेत विश्व खाद्य कार्यक्रमको प्रतिबेदनले सचेत गराएको छ । 


प्रतिक्रिया