प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजिनामा नदिने

असार १८, २०८१

नेपाली कंग्रेस र एमालेबीच नयाँ सत्ता साझेदारी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजिनामा नदिने हुनुभएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजिनामा नदिई विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले राजिनामा नदिने र संसद फेस गर्ने निर्णय भएको सो पार्टीका नेता देवेन्द्र पौडेलले बताउनुभयो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार बन्ने प्रक्रिया सुरु भएपछि मात्र सरकारबाट बाहिरिने स्पष्ट पारेको छ । सिंहदरवारमा बिहान बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो । नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने सहित ४ जना मन्त्री छन् । 


प्रतिक्रिया