बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

श्रावण १३, २०८१ | मकवानपुर

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पर्सी मंगलबार विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गर्नुभएको थियो ।

त्यसपछि प्रदेशसभा सचिवालयले मंगलबार दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेको हो । केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा काँग्रेस र एमालेबीच सत्ता सहकार्य भएको छ ।

प्रदेशसभामा काँग्रेसको ३७ र एमालेको २७ मत रहेकाले मुख्यमन्त्री लामालाई विश्वासको मतका लागि आवश्यक संख्या पर्याप्त छ ।

१ सय १० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री हुन ५६ सिट आवश्यक हुन्छ । सत्तारुढ दुवै दलबाट प्रतिनिधित्व गराउँदै मन्त्रीमण्डल विस्तार भएपछि मुख्यमन्त्री लामाले विश्वासको मत लिन लाग्नुभएको हो ।   


प्रतिक्रिया