चीनका १६ दशमलव १ प्रतिशत युवा बेरोजगार
पुस २०, २०८१ | काठमाडौं
चीनमा बरोजगारी दर बढ्न थालेको छ । पछिल्लो समय बढ्दो बरोजगारीका कारण उच्च शिक्षा र दक्ष सीपयुक्त नागरिकहरुले समेत सामान्य काम गर्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
रियल स्टेट र उत्पादन लगायत क्षेत्रमा देखिएको उच्च गिरावटका कारण चीनमा पर्याप्त रोजगारी सिर्जना नसकेको हो । चीनले स्नातक पास गरेका लाखौं जनशक्ति हरेक वर्ष उत्पादन गरेपनि सोही अनुसारको रोजगारी उपलव्ध हुन सकेको छैन ।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार चीनमा १६ दशमलव १ प्रतिशत युवा बेरोजगार छन् । युवाहरुले आफ्नो अध्ययनको क्षेत्रमा काम पाउन मुस्किल हुँदा सामाजिक अपहेलना समेत खेप्नु परेको बताइएको छ ।
पछिल्लो समय चीनको आर्थिक मन्दीका कारण कामको अवस्था चुनौतिपूर्ण बनेको हङकङको सिटी युनिभर्सिटीका प्रोफेसर झाङ जुनको भनाई छ ।