एन्फा महिला लिगमा बागमती युथ क्लब एपीएफसँग ५–१ गोलले पराजित
पुस २०, २०८१ | काठमाडौं
साविक विजेता नेपाल एपीएफ क्लबले जितबाट एन्फा महिला लिगको अन्तिम चरणमा विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज एपीएफले बागमती युथ क्लबलाई ५–१ गोल अन्तरले हरायो । पहिलो चरणको लिगमा शीर्ष स्थानमा रहँदै अन्तिम चरणका लागि छनोट भएको एपीएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ह्याट्रिक पूरा गरिन् ।
एपिएफकी सविता राना मगर र अनिता केसीले समान १ गोल गरे । बागमतीका लागि पुष्पा कुमारी खड्काले १ सान्त्वना गोल गरिन् । पहिलो चरणको लिगमा पनि एपीएफले बागमतीलाई पराजित गरेको थियो । अन्तिम चरणमा बागमतीको भने यो लगातार दोस्रो हार हो । बागमती पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको थियो ।